परराष्ट्र मन्त्री खनालसँग भारत, भूटान र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्र मन्त्री खनालसँग भारत, भूटान र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बंगलादेशका विदेश मन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्री एस जयशंकरसँग भएको भेटमा बहुआयामिक नेपाल–भारत सम्बन्धको समग्र समीक्षा हुनका साथै आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्रीद्वयले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी, मन्त्री खनालसँग भुटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री डी. एन. धुंगेलसँग पनि भेटवार्ता गरेका छन् । त्यस अवसरमा नेपाल–भुटानबीचको घनिष्ठ सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका प्रमुख क्षेत्रमा सहयोग अभिवृद्धि गर्नेबारेमा छलफल भएको थियो ।

मन्त्री खनाल र बंगलादेशका परराष्ट्र मन्त्री खलिलुर रहमानसँग पनि भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै उनीहरूले सहयोगका विविध क्षेत्र विस्तार गरी पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विमर्श गरेका थिए ।