एकताबद्ध भएर अघि बढे जनविश्वास पुनः मजबुत बनाउन सकिन्छः कांग्रेस नेता कोइराला

एकताबद्ध भएर अघि बढे जनविश्वास पुनः मजबुत बनाउन सकिन्छः कांग्रेस नेता कोइराला


ग्लोब नेपाल
0
Shares

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्ने बताएका छन ।

उनले कांग्रेस बढ्दो किचलोका बीच नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन । कांग्रेस नेता कोइरालाले भनेका छन, ‘आफ्ना मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकताबद्ध भएर अघि बढ्न सकेमा कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ, ‘राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो ।’

लोकतन्त्रका लागि लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित कांग्रेस आज पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति भएको पनि उनले बताए । कोइरालाले बदलिँदो समयअनुसार आफूलाई रूपान्तरण गर्दै र नयाँ पुस्तालाई समेट्दै अघि बढ्नु कांग्रेसका लागि अपरिहार्य बनेको उल्लेख गरेका छन् ।

जनताले परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेको भन्दै उनले काम गर्ने, देखिने र अनुभव हुने सरकारको आवश्यकता झनै तीव्र भएको पनि बताएका छन । उनले लेखेका छन, ‘सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो ।’