प्रधानमन्त्री बालेनले समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने

प्रधानमन्त्री बालेनले समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग आज (वैशाख २) अन्तरक्रिया गर्दै छन् ।

मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार, प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्नेछन् ।

बालेनले यसअघि प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरेका थिए ।