रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, बिहीबार दिउँसो १२ः१५ मा बस्ने गरी बैठक बोलाइएको हो । बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ ।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनलगायत विविध विषयमा छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

संसदीय समितिको निर्वाचन वैशाख ४ मा हुँदै छ ।