संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार



काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ ।

सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन् ।

समिति सभापतिहरूको मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने सूचनामा उल्लेख छ । बिहीबार दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने राईले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा अन्तर्गत १० र दुई संयुक्त समितिको निर्वाचन हुन बाँकी छ ।