दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा मारेको छ । भट्टको कार्यालय सानेपा र अग्रवालको लाजिम्पाटमा रहेको कार्यालयमा सम्पत्ति शुद्धीकरणबाट खटिएका अनुसन्धान अधिकृतहरूले छापा मारेका हुन् ।

दुवै जनाको कार्यालयबाट अनुसन्धानमा आवश्यक कागजात लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । उनले अनुसन्धानको लागी केही कागजात नियन्त्रणमा लिएकाे जानकारी दिए ।

विभागको टोलीले हिमालयन रि–इन्स्योरेन्सको कार्यालयबाट पनि कागजात जफत गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल दुवै जना अहिले विभागको हिरासतमा छन् । भट्ट र अग्रवाल निजी क्षेत्रको इन्स्योरेन्स कम्पनी हिमालय रि को ठुला शेयरधनी मध्येका हुन् ।दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा मारेको छ । भट्टको कार्यालय सानेपा र अग्रवालको लाजिम्पाटमा रहेको कार्यालयमा सम्पत्ति शुद्धीकरणबाट खटिएका अनुसन्धान अधिकृतहरूले छापा मारेका हुन् ।

दुवै जनाको कार्यालयबाट अनुसन्धानमा आवश्यक कागजात लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । उनले अनुसन्धानको लागी केही कागजात नियन्त्रणमा लिएकाे जानकारी दिए ।

विभागको टोलीले हिमालयन रि–इन्स्योरेन्सको कार्यालयबाट पनि कागजात जफत गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल दुवै जना अहिले विभागको हिरासतमा छन् । भट्ट र अग्रवाल निजी क्षेत्रको इन्स्योरेन्स कम्पनी हिमालय रि को ठुला शेयरधनी मध्येका हुन् ।