काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज (वैशाख ३) मनोनयन दर्ता हुँदै छ ।
संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि दिउँसो ४ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको छ ।
मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ ।दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम छ ।
प्रतिनिधिसभाअन्तर्गत १० र दुई संयुक्त समितिको निर्वाचन हुन बाँकी छ ।समिति सभापतिको निर्वाचन भने शुक्रबार (वैशाख ४)लाई तोकिएको छ ।
शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।
चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सदस्य तय गरिएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले वैशाख ४ गतेलाई संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।


प्रतिक्रिया