आईपीएलमा लखनउलाई हराउँदै आरसीबीको शानदार जीत

आईपीएलमा लखनउलाई हराउँदै आरसीबीको शानदार जीत



काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

बेङ्गलुरुमा हिजो भएको खेलमा आरसीबीले दिएको १४७ रनको लक्ष्य बेङ्गलुरुले १५ ओभर १ बलमै पूरा गर्‍यो ।

बेङ्गलुरुका विराट कोहली र देवदत्त पाडिकलले ५० रनको साझेदारी गरे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । लखनउका लागि सबैभन्दा मिचेल मार्सले ४० रन बनाए ।

बेङ्गलुरुका रसिक सलामले ४ विकेट लिए । भुवनेश्वर कुमारले ३ तथा क्रुनाल पाण्ड्याले २ र जोस हेजलउडले १ विकेट लिए ।

योसँगै बेङ्गलुरु ५ खेलमा चौथो जीत निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । लखनउ सुपर जायन्ट्सको पाँचौँ खेलमा तेस्रो हार हो । टोली सातौं स्थानमा यथावत् छ ।

आईपीएलमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सले खेल्दैछन् । यो खेल मुम्बईमा बेलुकी पौने ८ बजे शुरु हुनेछ ।