काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
सर्वोच्च अदालतमा दायर रिट खारेज भएपछि पार्टीभित्रको आगामी कदमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् । बैठक शनिबार दिउँसो साढे ३ बजे गोल्फुटारस्थित खड्का निवासमा बस्ने सचिवालयले जनाएको छ ।
अदालतको निर्णयपछि खड्का बिहानैदेखि निकट नेताहरूसँग परामर्शमा जुटेका छन् । छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की समेत खड्का निवास पुगेका थि ए।
त्यसैगरी केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायत नेताहरूसँग पनि आन्तरिक छलफल भएको स्रोतले जनाएको छ ।
खड्काले निकट नेताहरूसँग परामर्शपछि सर्वोच्च अदालतको निर्णयपछि आफूले लिने आगामी राजनीतिक कदमबारे औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया