अतिक्रिमित घरटहरा भत्काएर वीरगञ्जको मुख्य सडक विस्तार सुरु

अतिक्रिमित घरटहरा भत्काएर वीरगञ्जको मुख्य सडक विस्तार सुरु


ग्लोब नेपाल
216
Shares

वीरगञ्ज । लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले बिहानैदेखि वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काएर सडक विस्तारको काम सुरु गरेको हो ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ । सडक विस्तारका लागि डोजर, जेसीबी र एक्साभेटरसहित उपकरणलगायतको प्रयोग गरेर घर टहरा भत्काउन सुरु गरिएको छ ।