पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण यसै साता

पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण यसै साता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन् । संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यसै साता पोखरा जान लागेका हुन् ।

त्यहाँ रहँदा पूर्वराजा विभिन्न कार्यक्रम र शुभेच्छुकसँग भेटघाटमा सहभागी हुने बताइएको छ । यसअघि नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनी बालेन शाह नेतृत्वको सरकारप्रति नरम सुनिएका थिए ।