काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको भविष्यबारे निराश नहुन कार्यकर्तालाई आह्वान गरेका छन् ।
अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत राप्रपा समाप्त हुने वा सिध्याइने कल्पना नगर्न आग्रह गरेका छन्गर । उनले पार्टी हजारौँ कार्यकर्ताको “रगत, पसिना र बैँस” खर्चेर निर्माण भएको उल्लेख गर्दै हालको चुनावी हारलाई अस्थायी अवस्था मात्र भएको बताए । “चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य समाप्त हुँदैन,” उनले भने ।
लिङदेनले राप्रपाले आफ्ना मूल एजेण्डाबाट पछि नहट्ने स्पष्ट पारेका छन् । उनका अनुसार अभिभावकीय राजसंस्था, सनातन धर्ममा आधारित हिन्दू राष्ट्र तथा प्रशासनिक दृष्टिले जटिल र बोझिलो प्रदेश संरचनाबारे पार्टीको धारणा यथावत रहनेछ ।
साथै उनले पार्टीभित्र रहेका कमजोरी सच्याउँदै पुनर्गठनमार्फत राप्रपा पुनः सशक्त रूपमा उठ्ने दाबी गरेका छन् ।


प्रतिक्रिया