काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने


ग्लोब नेपाल
513
Shares

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका अनुसार उक्त बैठक सोमबार दिउँसो ३ बजेका लागि तय गरिएको छ।

समितिका सचिव दिनेश थापा मगरद्वारा जारी सूचनामा बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चालन हुने उल्लेख गरिएको छ। बैठकमा समसामयिक अनुशासनसम्बन्धी विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।