काठमाडौं । सामान्य कुरामासमेत सामाजिक सञ्जालमा प्रतिक्रिया दिने गृहमन्त्री सुधन गुरुङ बिचौलियासँग साझेदारीको प्रमाण छताछुल्ल हुँदासमेत चुप बसेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधनमाथि सम्पत्ति र व्यावसायिक सम्बन्धलाई लिएर गम्भीर प्रश्न उठ्दा पनि चुपचाप छन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग उनको सम्बन्ध रहेको विवरण सार्वजनिक भएको छ । यी प्रमाण बाहिरिएपछि विवाद उनको दल रास्वपासमेत विवादमा तानिएको छ । सुशासनको रटान दिने वर्तमान मन्त्रिपरिषद्को कुनै पनि सदस्य यस विषयमा बोल्न चाहेका छैनन् ।
सार्वजनिक विवरणअनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’मा भट्ट र गुरुङबीच व्यावसायिक साझेदारी रहेको उल्लेख गरिएको छ । बिचौलियाका रूपमा चिनिएका भट्टसँगको यो सम्बन्ध बाहिरिएपछि राजनीतिक तथा सार्वजनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ ।


प्रतिक्रिया