पार्टी सभापति लामिछानेलाई भेट्न राति नै पुगे गृहमन्त्री गुरुङ

पार्टी सभापति लामिछानेलाई भेट्न राति नै पुगे गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टको माग


ग्लोब नेपाल
2k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरुङ आइतबार राति नै पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको । अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने माग सत्तारूढ रास्वपा कै नेताहरुले छ । राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ बूढानीलकण्ठस्थित लामिछाने निवासमा पुगेका हुन् ।

बेलुकी ८ बजेपछि पुगेका उनी राति १० बजेको हाराहारीमा निस्किएको सुरक्षास्रोतले जानकारी दिएको छ । गुरुङ लामिछानेको घर पुग्दा परिवारका सदस्य र पार्टीका कोही पनि सहकर्मी थिएनन् ।

रास्वपास्रोतका अनुसार गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोन संवाद गराउँदै राजीनामाको दबाब मत्थर पार्ने प्रयास गरेका थिए । सभापति लामिछानेले सोमबार पनि पार्टीको बैठक जारी रहेको र आफ्नो कुरा बैठकमै राख्न सकिने भनेको स्रोतले जानकारी दिएको छ ।

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टको माग
जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनु पर्ने माग समेत गरीएको छ ।

प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ ।’ मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।’ मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने बताएको छ ।