काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन्त्री बनाउने प्रस्ताव पेश गरिने कार्यसूची रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आजकै बैठकबाट उक्त प्रस्ताव पारित हुने सम्भावना उच्च छ । हाल केन्द्रीय सदस्य रहेका शाहलाई पार्टी नेतृत्वले जिम्मेवारी विस्तार गर्ने तयारी गरेको हो ।
शाह यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकट रहेर काम गर्दै आएका थिए । बालेन शाह रास्वपा प्रवेश गर्दा उनी पनि सचिवालयमार्फत सक्रिय भूमिकामा थिए ।
यसअघि भएको सहमतिअनुसार महामन्त्रीमा सुनिल लम्साल रहेका थिए भने भूपदेव सहमहामन्त्री थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहलाई महामन्त्री बनाउने तयारी गरिएको हो ।
प्रमुख स्वकीय सचिवको रूपमा काम गरिसकेका शाह बालेनका निकट पात्र मानिन्छन् । रास्वपासँग एकीकरण प्रक्रियापछि उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनले अछाम–२ बाट उम्मेदवारी दिएका थिए, तर विजयी हुन सकेनन् ।


प्रतिक्रिया