युएईसँग दोस्रो खेल आज, पहिलो खेलमा नेपाल ६ विकेटले पराजित

युएईसँग दोस्रो खेल आज, पहिलो खेलमा नेपाल ६ विकेटले पराजित


ग्लोब नेपाल
405
Shares

काठमाडौ। यूएईसँगको टी-२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाँकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए । अलिशान शराफूले १८ रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछाने ३ र कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि नेपालले १८ ओभर ५ बलको खेल सकिदा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ र सन्दीप लामिछाने २ रनमा अविजित रहेका थिए ।

कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा ६, कुशल मल्ल १७, बसिर अहमद १४, गुल्सन झा १, नन्दन यादव १३ र शेर मल्ल ० रनमा आउट भए । बलिङमा युएईका मुहम्मद जुहेबले ३, जुनैद सिद्दिकीले २, साएद हैदर र मुहम्मद अरफानले एकएक विकेट लिएका थिए ।

नेपाल र युएईबिचको दोस्रो टी–२०आई खेल आज मंगलबार हुनेछ ।