काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। प्राप्त जानकारी अनुसार गुरुङ आज दिउँसो करिब १ बजे बुढानीलकण्ठ नजिक इटालीटारस्थित लामिछाने निवास पुगेका थिए।
यसअघि रास्वपाका सांसद अमरेशकुमार सिंहले पनि सभापति लामिछानेसँग छोटो भेट गरेका थिए। उनी करिब साढे १२ बजे निवास पुगेको र करिब १५ मिनेटको संवादपछि बाहिरिएको बताइएको छ। सिंह बाहिरिएसँगै गृहमन्त्री गुरुङ सोही निवासमा पुगेका हुन्।
यसैबीच, यसअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभापति लामिछानेबीच करिब तीन घण्टा छलफल भएको स्रोतको दाबी छ।
उक्त भेटघाटहरू पछिल्ला दिनमा गृहमन्त्रीसँग जोडिएका लगानी स्रोत, बिचौलिया सम्बन्ध र सम्पत्ति विवरणसम्बन्धी सार्वजनिक रूपमा उठेका प्रश्नहरूको पृष्ठभूमिमा भएका हुन् भन्ने आकलन गरिए पनि सम्बन्धित पक्षबाट छलफलको औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया