काठमाडौं । थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन् ।
आउँदो शनिबार र आइतबारसम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको जनाइएकाे छ ।
बालेन काठमाडौं महानगरको मेयर हुँदा पनि काठमाडौंको सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमबासीहरूले गरेको प्रतिवाद र तत्कालीन सरकारले असहयाेग गरेका कारण महानगरको प्रयास विफल भएको थियो ।


प्रतिक्रिया