जनताप्रति रास्वपाले राजनीतिक बेइमानी गर्‍यो: रक्षा बम

जनताप्रति रास्वपाले राजनीतिक बेइमानी गर्‍यो: रक्षा बम


ग्लोब नेपाल
270
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेनजी अगुवा रक्षा बमले कडा विरोध जनाएकी छन् ।

प्रधानमन्त्रीको उक्त कदमलाई उनले ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी गरेकी छन् ।

बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएका प्रधानमन्त्री शाहको निर्णयप्रति प्रतिक्रिया जनाउँदै रक्षा बमले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले लेखेकी छन्, “बालेन, तपाईंले जानेकै यत्ति हो ? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो ।” साथै उनले रास्वपाको वाचापत्र पढ्न पनि सुझाव दिएकी छन् ।

यसअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्ती हटाउने विगतका प्रयासको विरोध गर्दै डोजर चलाउने भए आफ्नो छातीमाथि चलाउनुपर्ने अभिव्यक्ति दिएका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।