खाली गर्न थालियो थापाथलीको सुकुमबासी बस्ती

खाली गर्न थालियो थापाथलीको सुकुमबासी बस्ती


ग्लोब नेपाल
0
Shares

काठमाडौं । बागमती नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्न थालिएको छ । शनिबार र आइतबार डोजर चलाउने तयारीसँगै बिहीबार साँझ प्रहरीले माइकिङ गरेको थियो ।

यो बस्ती खाली गर्न सरकारले आज साँझ ७ बजेसम्मको अल्टिमेटम दिएको छ । आज पनि दिनभर माइकिङ गर्ने र शनिबार बिहानै डोजर चलाउने तयारी छ ।

बागमती किनारका थापाथली, सिनामंगल, टेकु, बल्खु लगायत क्षेत्रमा सुकुमबासी बस्ती छ । प्रधानमन्त्री बालेन शाहले शनिबार र आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिएसँगै बस्ती हटाउन थालिएको हो ।