सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ

सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ गरेको छ ।

परियारलाई बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने ‘परियार बैंकिङ कसुरको मुद्दामा फरार देखिएकाले हाम्रो टोलीले अहिले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।’