पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न पोखरा आएका छन् । निजी भ्रमणका क्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिँदा राजा समर्थकहरूले विमानस्थलमा स्वागत गरेका छन् । पोखरामा पूर्वराजाको स्वागत र भ्रमण व्यवस्थापनका लागि समर्थकहरूले भ्रमण व्यवस्थापन समिति बनाएका छन् ।
राजतन्त्र समर्थकहरूले राष्ट्रिय झन्डा हातमा लिएर उनको स्वागत हुन् । विमानस्थल परिसरमा बाजागाजासहित पूर्वराजाको स्वागत गरिएको छ । उनीहरु एक महिना पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बस्नुहुने भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले जानकारी दिए । उनका अनुसार पोखरा बसाइका क्रममा पूर्वराजाले गण्डकी प्रदेशका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने छन् ।
त्यसैगरी उनीहरु यहाँ बसाइका क्रममा विभिन्न व्यक्तिहरूसँग भेटघाटसमेत गर्नुहुने तालिका रहेका भ्रमण व्यवस्थापन समितिले जनाएको छ ।


प्रतिक्रिया