काठमाडौं । बस्तीमा डोजर चलाइएपछि लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आइरहेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलनको काम भइरहेको छ। अहिलेसम्म ४३२ परिवारले विवरण दर्ता गराएका छन्। यो साँझ ५ बजेसम्मको विवरण हो।
शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकतासहित नाम टिपाइरहेका छन् । तर यहाँ रोचक तथ्य के खुलेको छ भने सुकुमबासी बस्तीमा डोजर चलाइएको घरबाहेक अन्य सुकुमबासीहरु पनि रंगशालामा नाम टिपाउन सुरु गरेका छन् ।
‘काठमाडौंमा कोठामा बसोबास गरिरहेका तर कतै पनि घरजग्गा नभएको दाबी सहित केहि मान्छेहरू आएको पाइएको छ । हामीले अब तपाई सुकुमबासी होइन भन्ने मिल्ने स्थिति पनि छैन ।
त्यही भएर नाम चाहिँ टिपेका छौँ,’ रंगशालामा रहेका एक कर्मचारीले भने । उनका अनुसार वास्तविक सुकुमबासी पहिचान र परीक्षण हुने भएकोले अहिले नै हो, होइन भन्ने अवस्था नरहेकोले सोचेभन्दा धेरै सुकुमबासीहरु रंगशालामा पुगेका छन् ।


प्रतिक्रिया