ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पको पुष्टि

ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पको पुष्टि



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको पुष्टि गरेका छन् । घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सो कुरा बताएका हुन् ।

डोनाल्ड ट्रम्पका अनुसार एक्त व्यक्ति पक्राउ परिसकेका छन् । अमेरिकी सेक्रेट सर्भिसले एक्समा एक पोस्ट गर्दै ह्वाइट हाउस संवाददाता सम्मेलनको मुख्य म्याग्नेटोमिटर स्क्रिनिङ क्षेत्र नजिकै भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको बताएको छ । घटनापछि ट्रम्पलाई सो सम्मेलनबाट सुरक्षित स्थानमा सारिएको थियो ।