रास्वपा सचिवालय बैठक बस्दै, ३ एजेन्डामा छलफल हुने

रास्वपा सचिवालय बैठक बस्दै, ३ एजेन्डामा छलफल हुने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

रास्वपाको सचिवालय बैठकमा छलफलका लागि मुख्य तीन एजेन्डा तय गरिएको छ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ का विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।

त्यस्तै, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल गरिने जनाइएको छ ।