काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको छ ।
आज (आइतबार) रास्वपाको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन । रास्वपाले उम्मेदवारका आकांक्षी धेरै हुने भएपछि छनोटमा सहज बनाउन क्यान्डिडेट क्लब बनाएको छ ।
हालै बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको हो । उक्त समितिको संयोजकमा सह–महामन्त्री विपिनकुमार आचार्य छन् ।
त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाालाई सचिव तोकिएको छ । उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य रहेका छन् ।


प्रतिक्रिया