काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन ।
आज (आइतबार) मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन ।
प्रचण्डले सबै कम्युनिष्टहरू एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने पनि बताएका छन । उनले भने, ‘हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिष्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ । अब बाँकी रहेका कम्युनिष्टलाई पनि एकताबद्ध गर्छौं ।’
उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडि बढाइने पनि बताएका छन ।


प्रतिक्रिया