काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाएको भन्ने विषयमा ध्यानाकर्षण भएको उनको सचिवालयले जनाएको छ । सचिवालयले सञ्चारकर्मीमाथि कुनै प्रतिबन्ध नलगाएको तथा भविष्यमा पनि त्यसो नहुने स्पष्ट गरेको हो ।
प्रधानमन्त्री शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको भीड देखेपछि व्यवस्थापन र सुरक्षा अवस्थाबारे सुरक्षाकर्मीसँग प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित विषयमा सामान्य जिज्ञासा मात्र राखेको दाबी गरेको छ ।
प्रधानमन्त्री कार्यकक्ष प्रवेश गरेपछि गेटमा रहेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले हटाएको गुनासो आएपछि तत्काल सम्बन्धित निकायसँग समन्वय गरिएको प्रष्टीकरण प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।
सुरक्षा र व्यवस्थापनसँग जोडिएका सामान्य विषयलाई प्रेस माथिको अंकुशका रूपमा अतिरञ्जित नगर्न पनि प्रधानमन्त्री सचिवालयले आग्रह गरेको छ ।


प्रतिक्रिया