सरकारले भन्यो- पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

सरकारले भन्यो- पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी)ले तोकेको मूल्यअनुसार विक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थलगायतका इन्धनहरूको मूल्य घटाउन सकिने अवस्था नरहेको प्रस्ट्याएका हुन् ।

मंगलवार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे । आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरे ।

स्वचालित मूल्यमा विक्री गर्ने भने सरकारले पेट्रोललगायतका इन्धनहरूको विक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने बताए । उनले सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वचालित मूल्यअनुसार उक्त वस्तुको विक्री नगरेको पनि बताए ।