अनधिकृत लिंक नखोल्न सीआईबीको आग्रह

अनधिकृत लिंक नखोल्न सीआईबीको आग्रह


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

ब्युरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ ।

प्रयोगकर्तालाई ‘फिसिङ लिंक’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पुर्‍याइ ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ छ । ब्युरोले यस्ता अनधिकृत लिंक नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।