काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । सभापति थापा खड्कालाई भेट्न गल्फुटारस्थित उनको निवास पुगेका हुन् ।
सचिवालयका अनुसार सभापति थापा बिहान ११ बजे उपसभापति विश्वप्रकाश शर्मासहित खड्का निवास पुगेका थिए । उनीहरूबीच करिब साढे एक घण्टा छलफल भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिएका छन् ।
यसअघि मंगलबार बेलुकी हुने तय भएको नेतात्रयबीचको भेट अन्तिम समयमा स्थगित भएको थियो । त्यसअघि सभापति थापाले सोही दिन बिहान नेता डा. शेखर कोइरालासँग पनि भेट गरेका थिए ।
सभापति थापाले यसअघि ६ वैशाखमा पनि गल्फुटार पुगेर खड्कासँग भेटघाट गरेका थिए । यद्यपि, दुई नेताबीच भएका भेटवार्ताका एजेन्डा र निष्कर्षबारे हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया