कांग्रेस नीति प्रतिष्ठानका प्रमुखसहित सदस्यहरूले लिए शपथ

कांग्रेस नीति प्रतिष्ठानका प्रमुखसहित सदस्यहरूले लिए शपथ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहितका सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधवार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

उपसभापति शर्माले प्रतिष्ठानका बाँकी सदस्यहरुलाई शपथ खुवाए । पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख शर्माले मंगलवार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका थिए ।

उपसभापति शर्माले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य नियुक्त गरेका थिए ।

यी हुन् नियुक्त भएका प्रतिष्ठानका सदस्यहरू :
१. श्री मधु आचार्य — काभ्रेपलाञ्चोक
२. डा. गोपाल दहित थारू — वर्दिया
३. श्री अञ्जु झा — रौतहट
४. श्री उमेश श्रेष्ठ — ललितपुर
५. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
६. श्री मीन भाम — मुगु
७. डा. अञ्जनीकुमार झा — महोत्तरी
८. डा. यादव पण्डित — प्रवास
९. श्री बद्री सिग्देल — वर्दिया
१०. श्री गोपालप्रसाद पोखरेल — सुनसरी
११. श्री श्रवण मुकारुङ — भोजपुर
१२. श्री मोहना अन्सारी — बाँके
१३. श्री महेन्द्रप्रसाद यादव — सप्तरी
१४. श्री श्रीप्रसाद भलामी मगर — गुल्मी
१५. श्री विनोद दास — बारा
१६. ई. दिपेश विष्ट — काठमाडौं
१७. डा. कृष्णप्रसाद पौडेल — कास्की
१८. श्री प्रकाश लामिछाने — सुर्खेत
१९. श्री सूर्यमाराज राई — मोरङ
२०. श्री मनबहादुर थापा — चितवन
२१. श्री विमला राई — खोटाङ
२२. श्री राकेश सिंह — पर्सा
२३. श्री नरेन्द्र पासवान — रौतहट
२४. श्री दक्ष पौडेल — काठमाडौं
२५. श्री कञ्चन झा — पर्सा
२६. श्री सुमित शर्मा ‘समीर’ — धनुषा
२७. श्री खगेन्द्र आचार्य — काठमाडौं
२८. डा. डी.बी. सुनार — अछाम
२९. श्री रोशनी गिरी — काठमाडौं
३०. श्री जनक चटौत — डडेल्धुरा
३१. श्री डोलराज भुसाल — स्याङ्जा
३२. श्री अमृत ज्ञवाली — गुल्मी
३३. श्री एलिजा ढकाल — तनहुँ
३४. श्री प्रकृति भट्टराई — काठमाडौं
३५. श्री कैलाश के.सी. — सोलुखुम्बु
३६. श्री स्वीकृति पौडेल — काठमाडौं
३७. श्री उमंग लोहनी — चितवन
३८. श्री गोकुल लिम्बू — ताप्लेजुङ
३९. श्री प्रमेश खनाल — काठमाडौं