चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट

चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट


ग्लोब नेपाल
108
Shares

काठमाडौं । संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको विषयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर गरिएको सिफारिस संविधानको आधारभूत मान्यता र न्यायिक स्वतन्त्रताको सिद्धान्तविपरीत रहेको जिकिर गर्दै रिट पेस गरेका हुन् ।

त्रिपाठीले न्यायपालिकालाई कार्यपालिकाको प्रभावमा ल्याउने उद्देश्यसहित सिफारिस गरिएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् । साथै, पहिलो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्नुपर्ने माग पनि रिटमा गरिएको उनले बताएका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार उक्त सिफारिसले न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हुने भएकाले संवैधानिक परीक्षण आवश्यक रहेको रिटमा उल्लेख गरिएको छ ।