धनगढी पुगे सभापति गगन थापा

धनगढी पुगे सभापति गगन थापा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा धनगढी पुगेका छन् । उनी धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटनका लागि कैलाली पुगेका हुन् ।

विशेष महाधिवेशनपछि पहिलो पटक कैलाली आएका सभापति थापाको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह गेटा विमानस्थल पुगेका थिए ।

उनीसँगै प्रदेश सरकारमा काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू पनि सभापति थापाको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गरेको छ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलामा सभापति गगनकुमार थापाले सम्बोधन गर्दैछन् ।