रास्वपा केन्द्रीय समिति बैठक आज, के छ छलफलको एजेन्डा ?

रास्वपा केन्द्रीय समिति बैठक आज, के छ छलफलको एजेन्डा ?


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

बिहान ९ बजे बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।