काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया