काठमाडौँ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णयहरू गरेको छ ।
मन्त्रिपरिषद्ले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको एक मन्त्रीले बताए ।
बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी, मन्त्रिपरिषद्ले भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरेको पनि उनले बताएका छन् ।


प्रतिक्रिया