ट्राफिक कारबाहीमा एकै दिन २१ लाख ७७ हजार राजस्व संकलन

ट्राफिक कारबाहीमा एकै दिन २१ लाख ७७ हजार राजस्व संकलन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३६५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २५८, संकेत बत्ती उल्लंघनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने १६३ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो ।