एन्फामाथिको निलम्बन फुकुवा

एन्फामाथिको निलम्बन फुकुवा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुकुवा गरेको छ । एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।

एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गरे । ‘फिफालाई यसबारे जानकारी गराएपछि विस्तृत कुरा बताउनेछौं । निलम्बन फुकुवापछि महिला टोली साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना बढेको छ’ शाहले भने ।’

यसअघि राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो ।