सशस्त्र प्रहरीकी अनिता कार्कीले गरिन् सफलतापूर्वक सगरमाथा आरोहण

सशस्त्र प्रहरीकी अनिता कार्कीले गरिन् सफलतापूर्वक सगरमाथा आरोहण


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालकी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी छन्।

सशस्त्र प्रहरीका अनुसार उनी जेठ ३ गते (मे १७) बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेकी हुन्। यो उपलब्धिसँगै उनी सशस्त्र प्रहरी बल, नेपालबाट सगरमाथा आरोहण गर्ने तेस्रो कर्मचारी बनेकी छन् भने महिला कर्मचारीमध्ये पहिलो आरोहीको रूपमा अभिलेखित भएकी छन्।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी कार्कीले सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत तहको तालिम पूरा गरेकी हुन्। उनले यसअघि मनाङस्थित चुलु फार इस्ट र लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेकी बताइएको छ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-१, चुचुरेमा जन्मिएकी कार्की फेन्सिङ खेलकी राष्ट्रिय खेलाडीसमेत हुन्। उनको सगरमाथा अभियानमा शेर्पा निमा सांगे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए।