प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्मामाथि आज संसदीय सुनुवाइ हुने भएको छ। बिहान ८ बजे विधायन व्यवस्थापन समितिको सभाकक्षमा संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेको उजुरी खोल्ने र कार्य योजना वितरण गर्ने कार्यसूची रहेको बताइएको छ ।

यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। निर्धारित अवधिभित्र १६ वटा उजुरी दर्ता भएका हुन्।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रारम्भमा उजुरी खोल्ने र त्यसलाई सांसदहरूबीच वितरण गर्ने कार्य हुनेछ। त्यसपछि बिहान १० बजेतिर उजुरीकर्तासँग छलफल गरिने तयारी छ।