वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनलाई माथिको आदेशअनुसार पक्राउ गरिएको हो ।
कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । प्रहरीले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि अनुसन्धानको विवरणबारे थप जानकारी दिएको छैन ।


प्रतिक्रिया