सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयका अनुसार जेठ ५ गते बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिससम्बन्धी निर्णय सार्वजनिक भएसँगै यसविरुद्ध चित्त नबुझे कानुनी व्यवस्था अनुसार उजुरी गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

गृह मन्त्रालयले बढुवा सिफारिस भएको मितिले सात दिनभित्र सम्बन्धित पक्षले उजुरी वा निवेदन दर्ता गर्न सक्ने जनाएको छ ।