काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ ।
संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई आग्रह गरेकी छन । रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याटजीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् ।
सांसदहरुको ग्रुपमा र अनौपचारिक छलफलमा धितालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘विषयवस्तु नभएको अवस्थामा संसदमा नबोले पनि हुन्छ । तर, च्याटजीपीटीको भरमा बोल्न आवश्यक छैन ।’प्रतिनिधि सभामा रास्वपा १८१ जना सांसद छन् ।


प्रतिक्रिया