ट्रक र स्कारपियो ठोक्किँदा ८ जना घाइते

ट्रक र स्कारपियो ठोक्किँदा ८ जना घाइते


ग्लोब नेपाल
0
Shares

सर्लाही । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

बुधबार अपरान्ह हरिवनबाट बागमतीतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डिएल ४ सि एनबी ६२०० नम्बरको भारतीय स्कारपियो ठोक्किँदा स्कारपियोमा सवार आठ जना घाइते भएका हुन् ।

दुर्घटनामा स्कारपियो चालक कविलासी नगरपालिका ८ का ५७ वर्षीय जयपाल राय, स्कारपियोमा सवार ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर बस्ने ५८ वर्षीय शिवशङ्कर हलुवाइ, उनका श्रीमती ५७ वर्षीया पुनम देवी, छोरा ३४ वर्षीय सोनुप्रसाद, सोनुकी श्रीमती ३३ वर्षीया अञ्जली देवी, सोनुका छोरा नौ वर्षका कन्हैया र पाँच वर्षका किसन, शिवशङ्करका अर्का छोरा ३० वर्षीय मनोज हलुवाई घाइते भएका छन् । दुर्घटनामा घाइते भएका चालकबाहेक अन्य सात जना एकै परिवारका हुन् ।

घाइतेको बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भइरहेको छ । दुर्घटनामा परेको दुवै सवारी र ट्रक चालक नियन्त्रणमा रहेका इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवम् प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताए ।