अमेरिकाविरुद्ध नेपालको सानदार जीत

अमेरिकाविरुद्ध नेपालको सानदार जीत


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको हो।

यसअघिको खेलमा पनि नेपालले अमेरिकामाथि ९ विकेटको सहज जित निकालेको थियो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१।२ ओभरमा १९५ रनमै अलआउट भयो।

उसका लागि सञ्जय कृष्णमुर्तीले ५६, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, नोस्थुस केन्जिगेले २४, सैतेजा मुक्कमल्लाले २२, मिलिन्द कुमारले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको यात्रामा महत्वपूर्ण मानिएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेल यो श्रृङखलाको अन्तिम खेल हो ।

यो खेलले लिग २ को अंक तालिकामा निक्कै ठूलो अर्थ राख्छ । यस प्रतियोगिताको अन्त्यमा शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ मा एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान सुरक्षित गर्नेछन भने बाँकी टोलीहरुले प्ले–अफ खेल्नुपर्नेछ ।