काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले उपमहासचिव योगेश भट्टराईको वरीयता सच्याएको छ । अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई तीन उपमहासचिवमध्ये तेस्रो वरीयतामा राख्ने प्रस्ताव गरेका थिए ।
तर आइतबार सम्पन्न सचिवालय बैठकले भट्टराईलाई दोस्रो उपमहासचिवको वरीयता दिने निर्णय गरेको हो ।
नवौं राष्ट्रिय महाधिवेशनबाट सचिवमा निर्वाचित भएका भट्टराई दसौं महाधिवेशनमा पनि सचिव पदमै निर्वाचित भएका थिए । ११औं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका उनलाई तेस्रो वरीयतामा राख्ने प्रस्ताव सार्वजनिक भएपछि एमाले कार्यकर्तामाझ असन्तुष्टि देखिएको थियो ।
उपमहासचिव लेखराज भट्टका अनुसार सचिवालयले तय गरेको नयाँ वरीयताक्रममा भट्ट पहिलो, योगेश भट्टराई दोस्रो र रघुवीर महासेठ तेस्रो नम्बरमा रहेका छन् ।


प्रतिक्रिया