काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।
सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी नेपाल–चीन जोडने विद्युत प्रशारण लाईन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र पनि स्वीकृत गरिएको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।
आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानवालीको न्युनतम समर्थन मूल्य मोटो धानको ३ हजा ६ सय ६० प्रति क्वीन्टल र मध्यम धानको ३ हजार ८ सय ६० प्रतिक्वीन्टल तोक्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त पनि सरकारले गरेको छ ।
यी हुन् निर्णय
- नेपाल चीन जोडने विद्युत प्रशारण लाईन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने
- आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानवालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु. ३६६० प्रति क्वीन्टल र मध्यम धानको रु. ३८६० प्रतिक्वीन्टल तोक्ने
- सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने
- नेपाल नागरिक उडडयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्त गर्ने


प्रतिक्रिया