रास्वपा छोडेकी शर्मालाई कांग्रेसमा केन्द्रीय सदस्य

रास्वपा छोडेकी शर्मालाई कांग्रेसमा केन्द्रीय सदस्य


ग्लोब नेपाल
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर मिसिएकी ममता शर्मालाई नेपाली कांग्रेसले केन्द्रीय सदस्य बनाएको छ ।

सभापति गगनकुमार थापाले उनलाई हिजो मंगलबार उक्त जिम्मेवारी दिएका हुन् । कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) मा भएको व्यवस्था बमोजिम सभापति थापाले शर्मालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापतिसमेत रहेकी बाराकी ममता फागुन २१ को निर्वाचनअघि दागैदाग लागेका नेताहरूको बिगबिगी रहेको पार्टीमा नबस्ने घोषणासहित कांग्रेस प्रवेश गरेकी थिइन् । जनकपुरधाममा आयोजित आमसभामा गगनले उनलाई स्वागत गरेका थिए ।